साहस ऊर्जाले २९ साउनदेखि ३५ लाख कित्ता आईपीओ ल्याउँदै

काठमाडौं । साहस ऊर्जा लिमिटेडले आयोजनाको स्थानीय प्रभावितका लागि प्राथमिक सेयर निष्काशन(आईपीओ) ल्याउने भएको छ । सोलुखुम्बु जिल्लाका प्रभावित बासिन्दाका लागि आईपीओ जारी गर्न लागेको कम्पनीले सूचना जारी गरेर जानकारी गराएको छ । यसका लागि कम्पनीको सम्पूर्ण विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले ३५ लाख कित्ता सेयर स्थानीय आयोजना प्रभावितका लागि जारी गर्न लागेको हो ।

१ सय रुपैयाँ अंकित मूल्य तोकिएको कम्पनीको सेयरमा आवेदनकले न्यूनतम १० कित्तँद्येीख् १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन छिटोमा ११ भदौ र ढिलोमा २७ भदौसम्ममा बन्द हुने बताइएको छ ।

आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ १५७.४३ रुपैयाँ र प्रतिसेयर आम्दानी २२.४२ रुपैयाँ रहेको छ ।

कम्पनीको सञ्चित नापा १ अर्ब ४० करोड १६ लाख ३१ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *