खेलाडीले नियमविपरीत माओको ‘ब्याज’ लगाएपछि…

काठमाडौँ । साइकल दौडमा स्वर्ण जितेका दुई चिनियाँ खेलाडीले माओको ब्याज लाएपछि विवाद भएको छ । माओको ब्जाज लाएर पदक पोडियमा उभिएको देखिएपछि उनीहरूमाथि अनुसन्धान हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जानकारी दिएको छ ।

दुई चिनियाँ महिला खेलाडी बाओ सान्जु र झोङ तिआन्सीले दायाँ छातीमा माओको ब्याज लाएको भन्दै अनुसन्धान हुने भएको छ । अलजजिराका अनुसार सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको ट्विटर अकाउन्टबाटै माओको ब्याज लाएको ट्विट भएको थियो । तर, विवाद भएपछि अहिले त्यो ट्विट हटेको अलजजिराले उल्लेख गरेको छ ।

ओलम्पिक खेलका दौरानमा राजनीतिक, धार्मिक तथा जातीय प्रचारहरू गर्न नपाइने ‘ओलम्पिक चार्टरको नियम ५०’ ले निषेध गरेको छ । त्यहि नियम उल्लंघन गरेको भन्दै अहिले उनीहरूको छानबिन हुने भएको हो । गत सोमबार पदक थाप्न पोडियमा देखापरेका यी दुई चिनियाँ खेलाडीले माओको ब्याज लाएको पाइएको थियो ।

Gold medallists Bao Shanju, left, and Zhong Tianshi of China wore badges of the late Chinese chairman Mao Zedong on the podium [Matthew Childs/Reuters]

ओलम्पिकका प्रवक्ता मार्क एडम्सले चिनियाँ ओलम्पिक कमिटीसँग सम्पर्कमा रहेको भन्दै पूर्ण सूचना सहयोगको आशा भएको सार्वजनिक प्रतिक्रिया दिएका छन् । चिनियाँ साइकल स्वर्ण बिजेता दुई खेलाडीभन्दा अगाडि एक अमेरिकी रजत पदक बिजेता खेलाडीको समेत अनुसन्धान भएको थियो ।

सटपुटकी उपविजेता राभेल साउन्डर्सले पीडितहरूको पक्षमा जनाउ दिने एक्स चिह्न बनाएर आफ्ना हातले संकेत गरेकी थिइन् । बुधबार उनको त्यो राजनीतिक सन्देशको पनि विवाद भएर छानबिन भएको थियो । सोही समय साउन्डर्सकी आमाको मृत्यु भएकाले तत्काललाई अनुसन्धान रोकिएको अलजरिजराले उल्लेख गरेको छ ।

रोचक कुरा त के छ भने अमेरिकी खेलाडीले गरेको गल्तिको चर्चा कम छ भने चिनियाँ खेलाडीले गरेको गल्तीको चर्चा अमेरिकी, बेलायतीदेखि जापानिज मिडियाहरूमा व्यापक रुपमा छाइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *