निर्देशक उमेशको सुनसान अन्त्येष्टि

काठमाडौँ । निर्देशक उमेशनाथ अर्यालको निधन भएको छ । ‘भीडदेखि भीडसम्म’ निर्देशन गरेका उनको निधनमा औँलामा गन्न सकिने व्यक्तिहरूको उपस्थिति थियो । ती मध्ये एक थिए अभिनेता सरोज खनाल । उनले उमेशलाई आफ्नो गुरु मान्ने गर्छन् । त्यसैले केही दिनअघिको गुरु पूर्णिमामा समेत सरोज उमेशलाई भेट्न उनकै वासस्थान पुगेका थिए ।

उमेशको अन्तिम भौतिक उपस्थितिमा केही आफन्त र केही चलचित्रकर्मीबाहेकको उपस्थिति थिएन । त्यसमध्ये एक साक्षी सरोजको मन नराम्ररी कुँडिएको छ । उनलाई डर लागेको छ- कतै आफ्नो निधन पनि यस्तै हुने हो कि भनेर । भोलि आफ्नै लाश उठाउन ४ काँधसमेत पाइन्छ/पाइँदैन भन्ने विषयमा सोच्न बाध्य भए उनी । चर्चित सिरियल निर्देशन गरेका उमेशले आफ्नो अन्त्येष्टिमा कलाकार, पत्रकार र निकटका साथीभाइको साथ नपाउनु अत्यासलाग्दो देखिन्छ ।

यसै पनि यसअघि समेत नयाँ कलाकारहरूलाई कलाकर्मीको अन्त्येष्टिमा देखिँदैन थियो । यही लाश जलाउन दनदन बलिरहेको आगोले उमेशको शरीर जलायो भने यता सरोजको मन भित्रबाट त्यसरी नै जल्दै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *