२० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउने निर्णय पुनर्विचार गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लागनउने सरकारी निर्णय पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिको सिंहदरबारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । २० वर्ष अवधि पुगेकै अधारमा भन्दा पनि सवारी साधनको यान्त्रिक परीक्षण गरेर चलाउनु पर्ने समितिको निष्कर्ष छ ।

व्यवसायीबाट पर्याप्त गुनासो आएको भन्दै समिति सभापति कल्याणी खड्काले यस्तो निर्देशन दिने निर्णय भएको बताइन् ।

समितिले सवारी चालक अनुममतिपत्र छपाईका सम्बन्धमा टेन्डर गर्दा प्राविधिक समस्या देखिएको जनाउँदै टेण्डर गर्ने पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

त्यस्तै, त्यस्तै, स्मार्ट सवारी चालक अनुमति पत्रलाई व्यवस्थित गर्न प्रदेश र संघीय सरकारको सम्बिन्धित मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको पनि जनाएको छ ।

समितिका सदस्यहरुले स्मार्ट चालक अनुमति पत्रमा भएको चलखेलप्रति सरकारको चर्को आलोचना गरेका थिए ।

समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक नयराज घिमिरेले स्मार्ट सवारी चालक अनुमति पत्रको व्यवस्था लगाय विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *