सानिमा लाइफको आईपीओमा पहिलो दिन नै सबा २ गुणा बढी आवेदन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर निष्काशन (आईपीओ)मा पहिलो दिन नै २.२२ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले निष्काशन गरेको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो ।

पहिलो दिन अपरान्ह ५ बजेसम्को तथ्यांक अनुसार ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताबाट १ अर्ब २० करोड १८ लाख २६ हजार रकम बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता सेयरका लागि आवेदन परेको छ ।

आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *