चन्द्रागिरि हिल्स र गोकर्ण बने लग्जरी रिसोर्ट, १४३ पुगे तारे होटेल

काठमाडौं । थानकोटको चन्द्रागिरि डाँडामा रहेको चन्द्रागिरि हिल्स र गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टले लग्जरी रिसोर्टको मान्यता पाएका छन् । पर्यटन विभागमा दर्ता भएका रिसोर्ट तथा तारे (स्टार) होटेलहरुको स्तर निर्धारणको विवरण सार्वजनक गर्दै यस्तो जानकारी गराएको हो । विभागका अनुसार बनेपामा रहेको आगन्तुक रिसोर्टले भने डिलक्स रिसोर्टको मान्यता पाएको छ ।

यी ३ ओटा रिसोर्टबाहेक देशभरका अन्य सबै रिसोर्टले साधारण स्तरको रिसोर्टको मान्यता पाएका छन् ।
देशभर यस्ता साधारण रिसोर्ट ९९ ओटा छन् ।

त्यस्तै, पाँच तारे होटेलको संख्या १६ पुगेको छ । ती मध्ये १० ओटा पाँच तारे होटेल काठमाडौं उपत्यकामा छन् । पछिल्लो पटक पाँचतारे होटेलको मान्यता झापाको धुलाबारीमा भेगस सिटी इन्टरनेशनलले प्रबद्र्धन गरेको होटेल मेची क्राउन रहेको छ ।

त्यस्तै, चारतारे होटेलको संख्या १९ पुगेको छ । १ वर्षमा थप ६ ओटा होटेलले ४ तारेको मान्यता पाएका छन् । त्यस्तै, तीन तारे स्तरका ३३, हेरिटेज बुटिक होटेलको ‘लक्जरी’ स्तरका होटेलको संख्या ३ वटा रहेको छ । त्यस्तै, २ तारे होटेलको संख्या ४१ पुगेको छ । एक तारे ३४ ओटा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *