छायाङ्कनमा प्रहरीको निगरानीमा सक्कली हातहतियार प्रयोग गर्न पाउनुपर्ने माग

काठमाडौँ । नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र छायाङ्कनका लागि प्रहरीको निगरानीमा सक्कली हातहतियारको प्रयोग गर्न पाउनुपर्ने माग गर्दै प्रहरी प्रधान कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

मङ्गलबार सङ्घका अध्यक्ष तथा चलचित्र निर्देशक आकाश अधिकारीले योसहित आवश्यक पर्ने नक्कली तर सक्कलीजस्तो देखिने हातहतियार प्रयोग गर्ने वातावरण मिलाउन मागसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालमा नक्कली हातहतियार आयात गर्ने कम्पनीलाई निश्चित परिधिभित्र राखेर राज्यबाट नियमित रूपमा सुपरिवेक्षण र प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निगरानीमा त्यस्ता हातहतियारको प्रयोगलाई संस्थागत गरी छायाङ्कनमा नक्कली प्लास्टिकका हातहतियार प्रयोग गर्ने वातावरण मिलाउन र प्रहरीकै निगरानीमा सक्कली हातहतियार प्रयोग गर्ने अनुमति दिन सङ्घले आग्रह गरेको छ ।

चलचित्र छायाङ्कनमा प्रहरी जवानको आवश्यकता परेको स्थितिमा २५ देखि ५० प्रतिशत जवान उपलब्ध गराउनुका साथै प्रतिव्यक्ति ५ हजारबाट घटाएर १ हजार शुल्क कायम गर्न, छायाङ्कनमा प्रहरीको भ्यानका लागि बुझाउनुपर्ने शुल्क घटाएर १ हजार वा १५ सय कायम गर्न पनि सङ्घले माग गरेको छ ।

संघका अध्यक्ष अधिकारीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यस विषयको जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *