राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट बुधबार दुईवटा विधेयक पारित भएका छन् ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतिले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो ।

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी स्वतन्त्र सांसद खिमलाल देवकोटाले मत राखेका छन् ।

विधेयक पारित हुनु अघि देवकोटाले नेपालमा विश्वविद्यालयहरू धेरै भएको, प्रदेश सरकारले पनि विश्वविद्यालय स्थापना गर्न सक्ने भनिएको र प्रदेश सरकारले विश्वविद्यालयको सञ्चालनको तयारीसमेत गरिरहेको अवस्थामा संघले थप विश्वविद्यालय खोल्नु उचित नहुने धारणा राखे ।

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक ६ माघ २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो । यस्तै तथ्याङ्क विधेयक २८ फागुन २०७६ मा राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *