चुलिँदाे व्यापार घाटा घटाउन आयात नियन्त्रण गर्नु पर्ने राष्ट्र बैंकको अवधारणा

काठमाडौं। नेपाल राष्ट्र बैंकले बढ्दो व्यापारघाटा कम गर्न विलासिताका वस्तु तथा अनावश्यक वस्तु आयातमा रोक लगाउनु पर्ने अवधारणा अघि सारेको छ । चालू वर्षको मौद्रिक नीति जारी गर्नुअघि यसैविषयमा संसदको अर्थले आयोजना गरेको छलफल कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यस्तो धारणा सार्वजनिक गरेका हुन् । अर्थसमितिका सदस्य सांसदहरुलाई राष्ट्र बैंकले वितरण गरेको प्रतिवेदन पत्रमा यस्तो अवघारणा अघि सारिएको छ ।

केही दिनअघि मात्रै नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँगको ब्रिफिङ कार्यक्रममा समेत गभर्नर अधिकारीले अस्वभाविक रुपमा चुलिँदो व्यापार घाटा चिन्ताको विषय भएको भन्दै त्यसालाई न्युन गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका थिए । त्ययता अर्थमन्त्री शर्माले समेत विभिन्न सार्वजनिक कार्यक्रममा व्यापारघाटा घटाउन लाग्नु पर्ने आवश्यकता रहेको बताउँदै आएका छन् ।

केही दिनअघि मकालुखबरको कुराकानीमा समेत गर्भनर अधिकारीले भनेका थिए– ‘अलिकति प्रयास गरियो भने नेपालमै उत्पादन हुने र आवश्यक नै नभएका विलासी वस्तुको आयात पनि बढ्दो छ । अर्कोतर्फ, कोभिड महामारीजस्तो असामान्य अवस्थामा पनि आयात चुलिएको छ भने सामान्य अवस्थामा यो आयात अझ धेरै बढ्ने छ । त्यसो हुँदा चिन्तित हुनुपर्ने अवस्था छ ।’

नेपालको व्यापार घाटा गत आर्थिक वर्षको अन्त्यसम्ममा १३ खर्ब रुपैयाँ नाघिसकेको छ ।

आयात बढ्दा राष्ट्र बैंकको शोधनान्तर बचतमा समेत चाप परेको र शोधनान्तर सन्तुलन घाटाको अवस्थामा रहेको उनले संसदीय समितिमा बताएका छन् ।

गत वर्षको असारमा २ खर्ब ८२ अर्ब रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति हाल २ अर्ब ९३ अर्ब घाटामा छ ।

संसदको अर्थसमितिमा राष्ट्र बैंकले वितरण गरेको ४४ बुँदे प्रतिवेदनमा कोभिड महामारी प्रभावित क्षेत्रलाई दिइएको सहुलियतलाई मौद्रिक नीतिमा निरन्तरता दिने, पुनकर्जालाई निरन्तरता दिने जनाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *