‘नेपाल मिडिया अवार्ड’ गर्दै ड्रिम हाइ नेपाल

काठमाडौँ । ड्रिम हाई नेपालले ‘नेपाल मिडिया अवार्ड’ अवार्ड गर्ने भएको छ । पछिल्लो समय नेपाली मिडियामा देखिएको लोभलाग्दो परिवर्तन मध्यनजर गरेर राम्रो मिडियालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ गर्न लागेको आयोजक ड्रिम हाई नेपालले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

‘सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ आयोजना हुन लागेको अवार्डमा एफएम, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधा समेटिने छन् । सञ्चार माध्यममा विभिन्न विधामा कार्यरत पत्रकारहरू यो अवार्डमा सम्मानित हुने जारी विज्ञप्तिमा भनिएको छ ।

ड्रिम हाई नेपालले यस अगाडि नेपथ्य कन्सर्ट, अनमोल केसीको कन्सर्ट कार्यक्रम ‘अनमोल नभ’, नेफ्टा अवार्डलगायत कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *