बैंक वित्तीय संस्थाद्वारा सीएसआर कोषमा सीमाभन्दा बढी रकम जम्मा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले संथागत वसामाजिक उत्तरदायित्व कोषमा तोकिएको न्युनतम सीमाभन्दा बढी रकम जम्मा गरेको एक अध्ययनले देखाएको छ । याे सकारात्मक पक्ष हाे ।

नेपाल राष्ट्र बैंले गरेको अध्यययन अनुसार बैंक तथा वित्तीय संस्थाले खुद नाफाको औषत १.५८ प्रतिशतदेखि २.०१ प्रतिशतसम्म रकम जम्मा गरेको देखिएको हो । जबकी, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको न्युनतम १ प्रतिशत रकम सीएसआर कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अभ्यासहरुको यथार्थता केलाउन र यस सम्बन्धी निर्देशनकोे कार्यान्वयन स्थिति विश्लेषण गर्ने राष्ट्र बैंकले उक्त विषयमा अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको वार्षिक प्रतिवेदन, नेपाल राष्ट्र बैंकमा पेश गरेका तथ्यांक र २०७७ कात्तिक २० देखि मंसिर २६ गतेसम्म गरिएको अनलाइन सर्वेक्षणका आधारमा यो अध्ययन गरिएको जनाएको छ ।

अध्ययन अनुसार आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को खूद मुनाफाको १.५८ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको देखिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको वर्गअनुसार हेर्दा ‘क’ वर्गका वाणिज्य बैंकहरुले औसतमा १.५४ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकहरुले १.५५ प्रतिशत, ‘ग’ वर्गका वित्त कम्पनीले १.६६ प्रतिशत तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले २.०१ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको देखिएको छ ।

सर्वेक्षणमा सहभागी धेरै बैंक तथा वित्तीय संस्थाहरुले छवि निर्माण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धित कार्यहरु गर्ने गरेको अध्ययनले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरुमध्ये ८५ प्रतिशतको आफ्नो छुट्टै संस्थागत सामाजिक उत्तरदायित्व नीति रहेको तथा ५१ प्रतिशतले सो सम्बन्धी वार्षिक योजना बनाउने गरेको देखिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको खर्च क्षेत्रगत तथा प्रदेशगतरुपमा सन्तुलित भने हुन सकेको नसकेको अध्ययनले देखाएको छ । सुधार हुँदै गए पनि सामाजिक उत्तरदायित्व कोषको दुई तिहाईभन्दा बढी बागमति प्रदेशमा खर्च हुने गरेको छ ।

आव २०७५/७६ मा ३५ प्रतिशत वाणिज्य बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको क्षेत्रगत खर्च आफ्नो वार्षिक प्रतिवेदनमा खुलाएकोमा आव २०७६/७७ मा सो संख्या बढेर ३८ प्रतिशत पुगेको देखिएको छ । त्यस्तै, आव २०७५/७६ मा १२ प्रतिशत वाणिज्य बैंकहरुले वार्षिक प्रतिवेदनमा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको प्रदेशगत खर्च खुलाएकोमा आव २०७६/७७ मा सो संख्या बढेर ३०.८ प्रतिशत पुगेको देखिएको छ । यसरी निर्देशन दिए बमोजिम सामाजिक उत्तरदायित्व कोषको खर्चको विवरण वार्षिक प्रतिवेदनमा खुलाउने गरेका छैनन् ।

भौगोलिक र क्षेत्रगत सन्तुलन मिलाउनुका साथै पारदर्शी रुपमा खर्च गराउन सामाजिक उत्तरदायित्व सम्बन्धी स्पष्ट मार्गदर्शन तथा निर्देशनको आवश्यकता रहेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *