बैंकका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्बोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको छ ।

बैंकका कर्मचारीले दायर गरेको रिट निवेदनउपर सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलाशले यस्तो अन्तरिम आदेश दिएको हो । स्वेच्छालेबाहेक बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दबाब दिएर कोषमा आवद्ध नगराउन अदालतले आदेश दिएको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोषमा आवद्ध गराउन अघि बढाइएको सम्पूर्ण काम कारवाही यथास्थितिमा राख्न अदालतले आदेश दिएको छ ।

४५ दिनभित्र यो रिटलाई सुनुवाइका लागि पेश गर्न समेत अदालतले आदेश दिएको छ ।

काेषकाे दबाब विरूद्ध बैंकका कर्मचारीले नियमित प्रदर्शन गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *