नेप्से हालसम्मकै उच्च विन्दुमा, साढे ११ अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) २६.०२ अंकले बढेको हाे ।

यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.८४ प्रतिशतले बढेर ३१११.०९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ५.०६ अंकले बढेर ५७७.५२ बिन्दुमा पुगेको छ ।

कूल २२३ वटा कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँको कारोबार भएको छ ।

यसदिन पञ्चेश्वर पावर कम्पनी लिमिटेड र रूरू जलविद्युत परियोजनाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । भने जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्तको शेयर मूल्य झण्डै १० प्रतिशत वृद्धि भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *