बुधबारदेखि आइपीओ निष्काशन गर्दै सानिमा लाईफ

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि (बुधबार) देखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता प्रतिकित्ता १०० रुपैयाँ दरले ६० लाख कित्ता गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *