स्वास्थ्य सामग्री प्रदान

पोखरा । बहिनी एडुकेयर फाउन्डेशनको सहयोग र एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह-५४ पोखराको व्यवस्थापनमा कास्कीका ४ वटा स्वास्थ्य संस्था र एउटा विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । पोखरा १३ र २३ वडा स्वास्थ्य कार्यालय, अन्नपुर्ण गाँउपालिका, भेडावारी स्वास्थ्य कार्यालय र शारदा मा.वि टुसे माछापुच्छ्रेमा करिब २ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

एमनेष्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह-५४ का संयोजक भानु पराजुली, बहिनी एडुकेयर फाउन्डेशनका निर्देशक सुरेन्द्र परियार, समाजसेवी छविरमण पौडेल, एम्नेस्टीका उपसंयोजक मन्जु गौतम, कोषाध्यक्ष विष्णुहरी पन्थीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । स्वास्थ्य कार्यालयमा अत्यावश्यक मानिएको माक्स, स्यानिटाइजर, पञ्जा र थर्मल गन प्रदान गरिएको बहिनी एडुकेयर फाउन्डेशनका निर्देशक सुरेन्द्र परियारले जानकारी दिए ।

पोखरा-१३ मा दिएको स्वास्थ्य सामग्री अमेरिका निवासी पोखराका कमल कडायतले बुबा कृष्णबहादुर कडायतको स्मृतिमा प्रदान गरेका थिए । बहिनी एडुकेयर फाउन्डेशन लामो समयदेखि पोखरामा महिला, बालबालिका र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । स्वास्थ्य सामग्रीका लागि डा. जयन्ती ज्वारचन, सौरव हिराचन र रिचा गुरुङले पनि सहयोग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *