प्रतिष्ठानद्वारा दुर्गेश थापालाई बहिस्कार

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायक तथा मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । दुर्गेशले १० दिनअघि आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘बीच्च बीच्चमा ४’ ( ख्यास्स पुतली) बोलको गीत सार्वजनिक गरेका थिए ।

गीत ल्याउनुअघि नै दोहोरी गीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो । प्रतिष्ठानले सो गीत तीजको मर्म विपरीत रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरू फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्र काटेको थियो ।

तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरे । प्रतिष्ठानको आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कारको निर्णयमा पुगेको हो ।

संस्थाको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरे पनि निर्णय भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *