झिनो अंकले बढ्यो नेप्से, झण्डै ११अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार सेयर बजार परिसूचक (नेप्से) ४.०६ अंकले बढेको छ ।

यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.१३ प्रतिशतले बढेर ३०८५.०७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.३० अंकले बढेर ५७२.४६ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २६ कम्पनीका २ करोड १८ लाख ९४ हजार २ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँको खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *