युवतीलाई तर्साएर यौन व्यापार गर्ने खाजाघर सञ्चालक पक्राउ

पोखरा । खाजाघर चलाएर युवतीहरुलाई यौन व्यापारमा लगाउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । अमरसिंह चोकस्थित एसके खाजाघरका सञ्चालक सोनाम गुरुङ र रोशन गुरुङलाई पक्राउ गरिएको हो ।

उनीहरुले राम्रो काममा लगाईदिन्छु भन्दै युवतीहरुलाई बोलाएर थर्काउँदै यौनकार्यमा फसाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘राम्रो काम खोजेर लगाइदिने भन्दै बोलाउने रहेछन् । युवतीहरु आएपछि कसैलाई थर्काउने र कसैलाई लोभमा पारेर यौन कार्यमा फसाएको देखियो,’ कास्की प्रहरीले भन्यो, ‘ग्राहकहरुसँग पैसाको मोलमोलाई गरेर जबरजस्ती यौन शोषण गर्न लगाएको सूचना पाएपछि पक्राउ गरिएको हो ।’

पक्राउ परेका दुवैजना पोखराका हुन् । पक्राउ परेकाविरुद्ध मानव वेचबिखन तथा ओसारपसार मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु भएको छ । महिलाहरुलाई भने आफन्तको जिम्मा लगाईएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *