दार्चुला घटनाबारे छानबिनको माग गर्दै युवा संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । दार्चुला घटनाको छानबिनको माग गर्दै नेकपा एमालेनिकट युवा संघले प्रदर्शन गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर दार्चुलाका जयसिंह धामीको मृत्यु भएको र केही नेपाली हराइरहेको भन्दै उक्त घटनाको विरोधमा एमालेको ओलीपक्षीय युवा संघले प्रदर्शन गरेको हो ।

आइतबार संघले काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरोधी नारा लगाउनुका साथै गृहमन्त्रीको राजीनामा मागेका थिए भने घटनाको वास्तविक सत्यतथ्य पत्ता लागाउनसमेत सरकारलाई अनुरोध गरेको छ ।

शुक्रबार बिहान साढे ८ बजे दार्चुलाको ब्यास गाउँपालिका-२ खाङदाङ मालघाटबाट तुइनमार्फत् भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट खोला तर्दै गर्दा खसेर जयसिंह धामी अहिलेसम्म बेपत्ता छन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *