पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल (तस्बिरहरू)

पोखरा । पोखरा विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । कोभिड-१९ संक्रमण र लकडाउनका कारण निर्माण समय एक वर्ष थपिएको छ । विमानस्थल निर्माणका लागि २०३२ सालमा छिनेडाँडास्थित ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

पछि ६ सय २९ रोपनी र त्यसपछि ४८ रोपनी अधिग्रहण गरिएको छ । अझै विमानस्थल साँघुरो हुने र थप संरचना आवश्यक पर्ने भएकाले जग्गा अधिग्रहण गर्नुपर्ने बताइएको छ । तथापि निर्माण कम्पनीले यसबारे कुनै धारणा सार्वजनिक गरेको भने छैन ।

चिनियाँ एक्जिम बैंकको २२ अर्ब ऋण सहयोगमा विमानस्थल निर्माण थालिएको हो । भूगोलका कारण यहाँ ठूला जेट विमान भने आउजाउ गर्न सक्दैनन् । विमान उड्न असहज हुने भएकाले पोखरा-२६ मा रहेको रिठेपानी डाँडा काट्न थालिएको छ ।

तस्विरहरू : प्रकाश ढकाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *