द भ्वाइसमा उत्कृष्ट ४ छनौट

काठमाडौँ । द भ्वाइस अफ नेपाल सिजन ३ का उत्कृष्ट चार प्रतिभा छानिएका छन् । शुक्रवार भएको सेमिफाइनलमा चार टिमबाट एक-एक जना ग्राण्ड फिनालेमा प्रवेश गरेका हुन् ।

टिम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । त्यस्तै टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । टिम राजुबाट बागलुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छन् । टिम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।

शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरूले फिनालेको भोटका लागि आफ्ना प्रस्तुति दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत यी चार जनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *