पोखराबाट नयाँ दल घोषणा : जनमत संग्रहमार्फत राजतन्त्र फर्काउने उद्घोष

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट नयाँ राजनीतिक दलको उदय भएको छ । नारायणप्रसाद कोइरालाको नेतृत्वमा ‘नेपाल प्रतिविम्ब पार्टी’ घोषणा गरिएको हो ।

शिक्षा र सुरक्षामा जोड दिँदै नयाँ दल सार्वजनिक गरिएको हो । संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्था लागू भएपछि विस्तारै यसमाथी प्रहार बढिरहेको छ । त्यतिमात्रै होईन राजनीतिक दलहरु नै बनाएर संवैधानिक राजतन्त्रको वकालत गर्न थालिएको छ । प्रतिविम्ब पार्टीले पनि संवैधानिक राजतन्त्रका विषयमा जनमत संग्रह गरी हृदयेन्द्र शाहलाई आलांकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको छ । यसबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीप्रधानमन्त्रीको व्यवस्था लागु गर्नुपर्ने एजेण्डा पनि ल्याईएको छ ।

नयाँ पार्टीले देशको शासन व्यवस्थाको खाका पनि सार्वजनिक गरेको छ । प्रतिनिधिसभामा १ सय ३४ सीट कायम गर्नुपर्ने र प्रदेशसभामा २ सय ५ तथा राष्ट्रिय सभामा ४५ सीट मात्रै कायम गरेर देशभर ३ सय ८४ सांसद भन्दा धेरै नबनाउन प्रस्ताव गरिएको छ । सांसद संख्या घटाउँदा बचेको रकमले दक्ष जनशक्ति झिकाएर विकास निर्माणका काममा लगाउन सकिने संयोजक कोइरालाले बताए ।

सबै बालबालिकालाई निशुल्क अध्ययन, बालश्रमको अन्त्य लगायत एजेण्डा छन् । लक्षित बालबालिकालाई मासिक ३ हजारका दरले बालशिक्षा भत्ता उपलब्ध गराउने महत्वकांक्षी योजना प्रश्ताव गरिएको छ । दलको अन्तिम घोषणापत्र, विधान र तदर्थ समिति पूर्ण गर्न बाँकी नै रहेको भन्दै कोइरालाले छिटै त्यो प्रक्रिया पूरा हुने बताए । दल घोषणा कार्यक्रममा शिक्षा र गरिवीबारे विभिन्न तीन जिल्लाका चार गाउँलाई समेटेर बनाइएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

One thought on “पोखराबाट नयाँ दल घोषणा : जनमत संग्रहमार्फत राजतन्त्र फर्काउने उद्घोष

  1. ठिक छ तर प्रदेश सरकारकाे धेरै काम छैन र अघिल्लाे बर्षकाे कामकाे अाधारमा स्थानियलाई प्राेत्साहान दिने गरि बजेट ब्यबस्था गर्नु पर्छ ।प्रदेश सरकार काम छैन ,बनाए पनि धेरै छाेटाे हुनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *