ओलम्पिकबाट बाहिरिए जोकोभिच

टेनिस खेलाडी नोभाक जोकोभीचको ‘गोल्डेन स्लाम’ जित्ने सपना अलेक्जेन्डर जेभरेभले अन्त गर्दिएका छन् । विश्व नम्बर एक सर्बियन नोभाक जोकोभीच टोकियो ओलम्पिकअन्तर्गत पुरुष एकलतर्फ भएको सेमीफाइनलमा जर्मनीका चौथो बरीयताप्राप्त अलेक्जेन्डर जेभरेभसँग १-६, ६-३, ६-१ ले पराजित भएसँगै उनको गोल्डेन स्लाम जित्ने सपना टुङ्गिएको हो ।

चार ग्रान्डस्लाम र ओलम्पिक अर्थात् ‘गोल्डेन स्लाम’ जित्ने सपनामा पूर्णविरामसमेत लाग्यो । जोकोभीचले यो वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका छन् । उनीसामु ओलम्पिक र यूएस ओपन जित्ने चुनौती थियो । उनी ‘गोल्डेन स्लाम’ जित्ने पहिलो पुरुष खेलाडी बन्ने ध्याउन्नमा थिए । तर उनले सेमीफाइनलको चुनौती पार गर्न नसक्दा ओलम्पिक स्वर्णबाट चुकेका छन् । चार ग्रान्डसलाणम र ओलम्पिक अर्थात् ‘गोल्डेन स्लाम’ जित्ने कीर्तिमान जर्मनीकी स्टेफी ग्राफको नाममा रहेको छ । उनी विश्वको एकमात्र टेनिस खेलाडी हुन‚ जसले सन् १९८८ मा यो उपलब्धि हासिल गरेकी थिइन् ।

सेमीफाइनलमा जोकोभिचलाई हराएका जेभरेभले आइतबार फाइनलमा रसियाका करेन खाचानोभसँग गोल्ड मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । खाचानोभले स्पेनका पाब्लो कारेनो बुस्टालाई ६-३ ६-३ को सेटमा पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *