शनिबार चितवनमा खुल्ला चित्रकला प्रतियोगिता
२०७८ साउन १५ गते

काठमाडौँ । चितवनको भरतपुरमा शनिबार चित्रकला प्रतियोगिता आयोजना गरिने भएको छ । होटल ग्लोबल, चौबीसकोटीमा बिहान ११:०० देखि २:०० बजेसम्म आयोजना गरिने प्रतियोगितामा इच्छुकले आवेदन दिन सक्ने आयोजक बिडले जनाएको छ ।
चित्रकलाको सम्मान र विकासका लागि प्रतियोगिताको आयोजना गरिने भएको आयोजक टिमले जनाएको छ ।
प्रतियोगितामा २० जना चित्रकारले मात्र भाग लिन पाउनेछन् भने चित्रकारहरूको छनौट नाम दर्तामा ‘फर्स्ट कम फर्स्ट’को आधारमा गरिनेछ ।
त्यस्तै जुनसुकै विषयमा चित्रकला सिर्जना गर्न सकिने आयोजक टिमले बताएको छ ।
प्रतियोगितामा प्रथम हुने चित्रकारलाई पाँच हजार नगद र प्रमाणपत्र‚ द्वितीयलाई तीन हजार नगद र प्रमाणपत्र‚ तृतीयलाई २ हजार र प्रमाणपत्र र सान्त्वना हुने चित्रकारलाई एक हजार र प्रमाणपत्र प्रदान गरिने आयोजक टीमले बताएको छ ।
प्रतियोगिताका नियमहरू निम्न छन् :
- २० जनामात्र चित्रकारहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् । चित्रकारहरूको छनौट नाम दर्तामा फर्स्ट कम फर्स्टको आधारमा गरिनेछ ।
- चित्रकला जुनसुकै विषयमा सिर्जना गर्न सकिनेछ ।
- विज्ञ निर्णायकबाट प्रतियोगिताको मूल्याङ्कन गरिनेछ ।
- शारीरिक दूरी कायम गरी प्रतियोगिता सञ्चालन गरिनेछ ।
- कला सिर्जनाका लागि आवश्यक क्यानभास र पेपर आयोजकले उपलब्ध गराउनेछ । रङ्ग र ब्रसको व्यवस्था आफैँ गर्नुपर्नेछ ।
- पेन्टिङको साइज १५/२२ ईन्चको हुनेछ ।
- चित्र आफूले इच्छा लागेको माध्यममा बनाउन सकिनेछ ।
- नाम दर्ता यही साउन २१ गते ४ बजेभित्र भित्र गरिसक्नुपर्नेछ ।
२०७८ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








