कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता

गलकोट । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका-४ का दुई बालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका-४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।

उनीहरू बिहीबार दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न कालीण्डकी किनारा निरयघाट गएको हवारीले बताए । चार जना बालक पौडी खेल्न गएकामा अन्य दुई जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएका थिए ।

बेपत्ता दुई बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीकार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *