कानूनविपरीत सेयर खरिद गरेको विषयमा धितोपत्र बोर्डका अध्यक्षलाई स्पष्टीकरण

काठमाडौँ । निष्कासन हुन लागेको एक कम्पनीको प्राथमिक सेयर आचारसंहिता र कानूनविपरीत नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले हात पारेको विषयमा अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

कानून र आचारसंहिताविपरीत सेयर हात पारेको सार्वजनिक भएपछि बोर्डका अध्यक्ष ढुंगानालाई तीन दिनभित्र जवाफ पेस गर्न भन्दै अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

‘सञ्चारमाध्यममा आएका विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेशानुसार अनुरोध गरिएको छ‚’ अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबार बोर्डका अध्यक्ष ढुंगानालाई पठाएको पत्रमा भनिएको छ ।

अध्यक्ष ढुंगानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादाविपरीत काम गरेको भनी हिमालखबर डटकमले समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *