दोहोरो अकंले घट्यो नेप्से , कारोबार रकम झण्डै ११ अर्ब

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १५.११ अङ्कले घटेको छ ।

बिहीबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.४९ प्रतिशतले घटेर ३०७९.८३ बिन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक ३.४७ अंकले घटेर ५७०.८५ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये दुई उपसमूहका सूचकमात्र बढेको छ भने अन्य एघारवटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै २ सय १७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसैगरी, यस दिन रिडी हाइड्रोपावर विकास कम्पनी लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *