प्रेमध्वज प्रधानको कभर गीत प्रतियोगितामा ११ जोडी छनौट

काठमाडौँ । दिवङ्गत गायक प्रेमध्वज प्रधानको गीत ‘ती आँखामा…’ को कभर गायन प्रतियोगितामा ११ जोडी छनौटमा परेका छन् । प्रधानप्रति समर्पण गर्दै यो प्रतियोगिता आयोजना गरिएको आयोजक एसियन म्युजिकले जनाएको छ ।

प्रतियोगिताका लागि १७३ जनाले भिडिओ पठाएकोमा अन्तिम प्रतिस्पर्धाका लागि ११ जोडी चयन गरिएको हो । गायन प्रतियोगिताको परिणाम यही २१ साउनमा घोषणा गरिनेछ । विजेता जोडीलाई एसियन म्युजिकले एउटा गीत गाउने अवसर दिनेछ ।

प्रधानप्रति श्रद्धासुमन अर्पणस्वरूप उनको यो गीतको कभर गायन प्रतियोगिता आयोजना गरिएको आयोजक ईश्वर गुरुङले बताए । डब्बु क्षेत्रीको रचना र जुगल डङ्गोलको सङ्गीतमा तयार भएको यो गीतलाई पाँच वर्षअघि सार्वजनिक गरिएको थियो । गीतमा प्रधान र केन्जुमा सुब्बाले स्वर भरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *