नेपालमा खोप उपलब्ध गराउन माइकलको आग्रह

काठमाडौँ । नेपालमा कोरोना संक्रमित बढिरहेको अवस्थामा विदेशी कलाकारहरूले कोरोनाविरुद्धको खोप सहयोग गर्न आग्रह गरिरहेका छन् ।

हालै विश्वविख्यात हास्य कलाकार माइकल पालिनले समेत नेपाललाई जतिसक्दो चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बेलायत सरकारलाई आग्रह गरेका छन् ।

उनले बुधबार एम्नेस्टी इन्टरनेसनलसँगको संयुक्त विज्ञप्ति जारी गर्दै पहिलो डोज खोप लगाएका १४ लाख नेपाली नागरिकलाई दोस्रो डोज आवश्यक भएकाले खोप उपलब्ध गराउन माग गरेका हुन् । उनले नेपालमा कोरोना महामारीको धेरै जोखिम भएको र चाँडोभन्दा चाँडो नेपाललाई खोप उपलब्ध गराई नेपालीको ज्यान बचाउन आग्रह गरेका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल भ्रमणका क्रममा धेरै मान्छे भेटेपछि मैले लाखौँ मानिसहरू महामारीको जोखिममा रहेको देखेँ । म बेलायत सरकारसँग जतिसक्दो चाँडो कोभिडको खोप उपलब्ध गराउन आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *