बाघ खासै छैन, चितुवा घरघरै पुग्छन्

पोखरा । तथ्यांक छैन । तर गण्डकीमा बाघको संख्या निकै न्यून छ । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने नवलपुर र तनहुँको देवघाट क्षेत्रमा कहिले कसो पाटेबाघ देखिन्छ ।

राष्ट्रिय निकुन्जबाटै विचरणका लागि निस्किने हुनाले छुट्टै गणना आवश्यक नभएको विज्ञहरु बताउँछन् । नेपालमा हाल २ सय ३५ वटा पाटे बाघ छन् । तिमध्ये चितवन राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्जमा प्रमुख संख्या छ ।

गण्डकीमा भएको बाघको संख्या भने अहिलेसम्म छुट्टै गणना नभएको वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठले बताए । ‘बाघ भनेको पाटे बाघ नै भन्ने बुझिन्छ । नवलपुर जिल्ला र कहिलेकाहीँ देवघाटको क्षेत्रमा छ । त्यसबाहेकका क्षेत्रमा छैन, उनले भने, ‘गण्डकीका सामुदायिक वनमा यसको बासस्थान छैन । गण्डकीले बाघको छुट्टै गणना गरेको छैन ।’

उनका अनुसार अरु देशमा भन्दा नेपालमा बाघको संख्या बढेको छ । सिकारी र आहाराका कारण बाघको संख्या योजनाबद्ध रुपमा बढ्न नसकेको उनको भनाई छ । बाघको संख्या धेरै नभएपनि गण्डकी क्षेत्रमा चितुवा भने अधिक रुपमा बढेको छ । खासगरी तनहुँ, नवलपुर, कास्की लगायतका जिल्लामा चितुवा बढी छ ।

‘चितुवाको संख्या अधिक बढेको छ । पछिल्ला घटनाहरुले त्यो पुष्टी हुन्छ,’ श्रेष्ठले भने, ‘दिनदिनै मानवमाथी आक्रमण हुन्छ, बस्तीमा छ्यापछ्याप्ती पस्छ भने संख्या बढी भएर नै हो ।’ तनहुँमा मात्रै अघिल्लो वर्षसम्म १० जनाभन्दा बढीको चितुवा आक्रमणबाट मृत्यु भएको छ ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र वन मन्त्री दीपक चर्ती मगरले बाघ दिवसको शुभकामना दिएका छन् । उनीहरु मानव-बन्यजन्तु द्धन्द्ध घटाउने र बन्यजन्तुका कारण मानव समुदायमा परेको असर पुर्ति गर्न विशेष कार्यक्रम सन्चालन गर्ने बताए । राहत र अनुदान लगायतका कार्यक्रममा सरकारले जोड गरेको वन मन्त्री मगरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *