यस्तो बन्यो तीज गीत ‘टिकटक चलाउने…’

काठमाडौं । गायिका भावना आचार्य र गायक चक्र बमको स्वरमा ‘टिकटिक चलाउने…’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीत चक्र बम युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको शव्द भावनाले लेखेकी हुन् भने कमल बिसीले संगीत गरेका छन् । गीतको भिडियोमा पनि बम र आचार्य तथा अस्मिता पुरी र शिव पुरीको अभिनय छ ।

भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् । गायिका आचार्यका ‘बग्ने खोला…’, ‘माया बस्ला फेरि…’, लगायतका गीत चर्चित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *