सानो देशको ठूलो कीर्तिमान

काठमाडौं । जापानमा जारी टोक्यो ओलम्पिकमा विश्वभरका खेलाडीहरू पदक जित्ने प्रतिस्पर्धामा छन् । प्रतियोगितामा केही अपेक्षित खेलाडीले पदक जितिरहँदा कतिपय अनपेक्षित नतिजाले पनि तहल्का मच्चाइरहेका छन् । धेरै जनसंख्या र लगानी भएका देशले पदक जित्न नसकिरहेका बेला एउटा सानाे देशले स्वर्ण पदक जितेर नयाँ इतिहास बनाएको छ ।

केवल ६३ हजार जनसंख्या भएको बर्मुडाले ‌ओलम्पिकमा स्वर्ण जित्ने आशा शायदै गरेको हुँदो हो । जम्मा दुईजना खेलाडीलाई मात्र सहभागिताका लागि पठाएको यो सानो देशका तर्फबाट फ्लोरा डपिलले स्वर्ण पदक जितेर इतिहास बनाइन् ।

‘यो गौरवले दिलाएको खुसी शब्दमा बयान गर्न सकिन्न ।’ जितपछि फ्लोराले भनिन्‚ ‘मेरो देशको यो खुसी विश्वले महसुस गरेको छ । यो हामीजस्ता साना देशले पनि स्वर्ण चुम्ने हक राख्छौं भन्ने सन्देशले अझ उत्साही बनाएको छ ।’

टोक्यो ओलम्पिकमा बर्मुडाका लागि सनसनीपूर्ण इतिहास बनाउनले क्रममा ३३ वर्षीय फ्लोरा डपिले ट्रायथलनमा स्वर्ण पदक चुमेकी हुन् ।

फ्लोराको यो चौथो ओलम्पिक सहभागिता थियो । उनले ५६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समयसहित स्वर्ण जितिन् ।

दोस्रो नम्बरमा बेलायतका जर्जिया टेलर ब्राउन रअमेरिकी केटी झफेरेस तेस्रो नम्बरमा रहिन् ।

बर्मुडाले यसअघि १९७६ मा ओलम्पिकमा  काश्यपदक जितेको थियो। जुन काश्य जित्ने सर्वाधिक सानो देशको कीर्तिमान समेत थियो ।

१९३६ मा पहिलो पटक ओलम्पिक खेलेको बर्मुडा अहिले ओलम्पिकमा स्वर्ण जित्ने विश्वको सर्वाधिक सानो ‌देश बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *