गण्डकी प्रदेश : जनमाेर्चाले कारबाही गरेपछि थापा सर्वाेच्चमा, आज सुनुवाइ हुने

पाेखरा । गण्डकी प्रदेशमा एमाले सरकार ढालेर नयाँ सरकार गठन गर्दा पार्टीकाे ह्वीप नमानेका कारण कारबाहीमा परेका जनमाेर्चाका तत्कालीन सांसद कृष्ण थापा सर्वाेच्च अदालत पुगेका छन् । उनले असार ७ गते नै अदालतमा रिट दायर गरेका थिए ।

थापाकाे रिटमाथि आज सुनुवाइ हुँदैछ । ‘मलाई पार्टीले पृथ्वीसुब्बा गुरुङलाई मत नदिन ह्वीप जारी गरेकाे थियाे । मैले भाेट हालिनँ,’ उनले भने, ‘अनि के हेरेर कारबाही गर्ने हाे ? मलाई गरिएकाे कारबाही अवैध छ ।’ आफ्नै पक्षमा फैसला हुने थापाकाे झिनाे आश बाँकी नै छ । ‘हुन त अदालत नै पार्टीकाे छ । म पार्टीबाहिरकाे परें,’ उनले थपे, ‘जनताले न्याय पाउने अवस्था त छैन । तर झिनाे आश छ ।’

थापाले विपक्षी गठबन्धनकाे सरकार गठनमा असहयाेगमात्र हाेइन, खुलेरै विराेध र नयाँ सरकार गठनमा अवराेध गरेको थिएँ । जनमाेर्चाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकार ढालेर कृष्णचन्द्र नेपालीकाे नेतृत्वमा सरकार बनाउने निर्णय गरिएको थियाे ।

थापा पार्टी निर्णयविरुद्ध लागेका थिए । पहिलाे पटककाे कारबाहीविरुद्ध पनि उनी सर्वाेच्च पुगेका थिए । सर्वाेच्चले फैसला नहुँदासम्म कारबाही फुकुवा गरेकाेमा जनमाेर्चासहित प्रदेशसभा सचिवालयले ‘भ्याकेट’ हालेका थिए । त्यसपछिकाे सुनुवाइमा भने थापाकाे कारबाही सदर गरिएकाे हाे । अहिले बागलुङ क्षेत्र १ (ख) रिक्त छ । याे क्षेत्रमा निर्वाचन घाेषणा भएकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *