नेप्से १५ अकंले बढ्यो, कारोबार रकम १३ अर्बमाथि

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) १५.३० अंकले बढेको छ ।

बुधबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.५० प्रतिशतले बढेर ३०९४.९४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर ५७४.३२ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहका सूचक मात्रबढेको छ भने अन्य ४ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय १९ कम्पनीका २ करोड ८१ लाख ७० हजार १७० कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँको खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन चन्द्रगिरी हिल्स लिमिटेड, नारायणी विकास बैंक लिमिटेड र मल्टिर्पपस फिनास कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *