खोप लगाउन सङ्घले माग्यो चलचित्रकर्मीको विवरण

काठमाडौं । नेपाल सरकारले चलचित्रकर्मीहरूलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयले चलचित्रकर्मीलाई खोप लगाउन प्रबन्ध मिलाउने लिखित प्रतिबद्धता जनाएपछि चलचित्र कलाकार सङ्घले कलाकर्मीलाई आफ्नो विवरण पठाउन आग्रह गरेको हो ।

खोप लगाउन चाहने इच्छुक व्यक्तिहरूले यही साउन १३ गतेभित्र आफ्नो विवरण पठाउनु पर्ने सङ्घले जनाएको छ ।

१८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका चलचित्रकर्मीको छुट्टाछुट्टै विवरण भरेर पठाउन चलचित्र निर्देशक समाज, प्राविधिक सङ्घ, द्वन्द्व निर्देशक समाज, निर्माता सङ्घ, नेपाल चलचित्र सङ्घलगायतका सङ्घ-संस्थालाई पत्राचार गरिएको छ ।

समयमै खोप आयात भएमा साउन १६ र १७ गते खोप लगाउने स्वास्थ्य मन्त्रालयसँग सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *