अस्थिर राजनीतिकै कारण नियुक्त भएकी पाैडेल भन्छिन्- राजनीतिक अस्थिरताले देश बन्दैन

पाेखरा । गण्डकी प्रदेशकी पूर्व प्रदेश प्रमुख सीताकुमारी पाैडेलले राजनीतिक अस्थिरताले देश नबन्ने बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रमुख नियुक्त गरेपछि पाेखरा छाेड्नुअघि पाैडेलले देशमा राजनीतिक अस्थिरता बढेकाे बताएकी हुन् ।

‘सामाजिक परिवर्तनका लागि राजनीतिकाे निर्मम बाटाे अपनाएर हाेला, मलाई यस्ता निर्णय निकै स्वभाविक लाग्छन्,’ उनले भनिन्, ‘तर राजनीतिक अस्थिरताले देश बन्दैन । याे सत्य हाे ।’

आफूले कार्यकालभरि संविधानकाे परिधिभित्र रहेर कार्यसम्पादन गरेकाे भन्दै आफ्नाे कार्यकालमा सघाउने सबैलाई धन्यवाद दिएकी छन् । पाैडेल वैशाख २० गते प्रदेश प्रमुखकाे रुपमा नियुक्त भएकी थिइन् ।

नेकपा विभाजनपछि माओवादी नेता अमिक शेरचनलाई हटाएर एमाले नेतृ पाैडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएकाे थियाे । उनले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम लागू गर्न सफल भएकाे दावीसमेत गरिन् । सरकारले चालू वर्षका लागि याे कार्यक्रममा २२ कराेड विनियाेजन गरेकाे छ ।

उनले पत्रकारसँग कुरा गर्न भने अस्वीकार गरिन् ।

गण्डकीमा नयाँ प्रदेश प्रमुखकाे रुपमा कांग्रेस नेता पृथ्वीमान गुरुङलाई नियुक्त गरिएकाे छ । साढे तीन वर्षकाे अवधीमा यहाँ चाैथाे पटक प्रदेश प्रमुख फेरिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *