सरकारले चलचित्र निर्माणमा लगानी गर्ने

काठमाडौं । मौलिक तथा कलात्मक चलचित्र निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले नेपाल सरकारले १० वटा चलचित्रमा लगानी गर्ने भएको छ । सरकारले चलचित्रमा सह-निर्माताको रूपमा लगानी गर्ने भएको हो ।

चलचित्र विकास बोर्डले मङ्गलबार सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो । सूचनामा बोर्डले आर्थिक वर्ष ०७८/०७९ देखि दश चलचित्रमा सह-लगानी गर्ने भनिएको छ । जसमा पाँच फिचर र पाँच लघु चलचित्र रहनेछ ।

यसअघि तीन फिचर र तीन लघुचलचित्रमा सह-लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी सङ्ख्या बढाएको हो ।

मौलिक तथा कलात्मक चलचित्र निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले गत वर्षबाट स्टोरी बैङ्कसमेत स्थापना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *