नेप्से २९ अकंले बढ्यो, १५ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार परिसूचक (नेप्से) २९.२४ अंकले बढेको छ ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.९६ प्रतिशतले बढेर ३०७९.६७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ३.१९ अंकले बढेर ५७४.३० बिन्दुमा पुगेको छ ।

सय दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ४ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँको खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन घलेम्दी हाइड्रो लिमिटेड,युनाइटेड मोदी हाइड्रो लिमिटेड,जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी,सिनर्जी पावर डेवलपमेन्ट लिमिटेड,खानि खोला हाइड्रोपावर कम्पनी,मल्टीर्पपस फिनान्स कम्पनी लिमिटेड र नेपाल हाइड्रो डेभलम्मेन्टस कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *