भदौ १४ बाट ‘प्रेमनाथ’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

काठमाडौँ । चलचित्र ‘प्रेमनाथ’ हलमा नलागी डिजिटल रिलिज गर्ने तयारी निर्माण टिमले गरेको छ । प्रेमकथामा आधारित चलचित्र डिसहोम, नेट टिभी लगायत करिब आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने भएको हो ।

भदौ १४ बाट रिलिज तयारी रहेको चलचित्रका निर्देशक गणेश बेलबासेले बताएका छन् । उनले भने ‘चलचित्र हल तत्काल खुल्ने अवस्था नभएकोले डिजिटल प्रविधि मार्फत भए पनि चलचित्र प्रदर्शन गर्न लागिएको हो । चलचित्र तयार भएको २ वर्ष बितिसक्दा पनि प्रदर्शन सहज नभएपछि विकल्पको रूपमा एप मार्फत दर्शकलाई देखाउन लागिएको छ । बनेको चलचित्र प्रदर्शन नहुँदा नयाँ काम पनि थाल्न सकिएको छैन । त्यसैले वैकल्पिक बाटो रोजिएको हो ।’

२५ सय वर्ष अगाडिको प्रेमकथा दाबी गरिएको चलचित्रमा सुरवीर पण्डित, गजित विष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखर जङ्ग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय रहेको छ । गणेश बेलबासे निर्देशित चलचित्रबाट कृति गौतम र मोनालिसा विष्टले अभिनयमा डेब्यु गरेका छन् ।

काठमाडौँ, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा छायाङ्कन भएको चलचित्रका निर्माता गुह्येश्वरी बेलबासे हुन् । कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको चलचित्रमा सहनिर्माताको रूपमा वसन्तराज भट्ट र मिलन राई समेत रहेका छन् । ‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । चलचित्रको सङ्गीतकारमा सन्तोष श्रेष्ठ, भूपू पाण्डे र एसडी योगी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *