‘अनुपस्थित तीन’को मञ्चन साउन १८ गतेदेखि

काठमाडौँ । फ्रान्सेली नाटककार झाँ पाल सात्रको नाटक अनुपस्थित तीनको मञ्चन हुने भएको छ । शिल्पि थिएटर बत्तीसपुतलीमा मञ्चन हुने नाटकमा बिपिन कार्की, उशा रजक, पवित्रा खड्का र मानहाङ लावती रहनेछन् ।

नाटकको नेपाली अनुवाद: अवतार पाठकले गरेका हुन् भने परिकल्पनास् घिमिरे युवराजको रहेको छ । २०० सिट क्षमता भएको थिएटरमा ४० जना मात्रै दर्शक राखेर नाटक देखाइने र थिएटरमा आउन नसक्ने दर्शकहरूले अनलाइनमा लाइभ नाटक हेर्न सक्ने परिकल्पनाकार घिमिरे युवराजले जानकारी दिए ।

नाटक साउन १८, १९ र २० गते साँझ ५:३० बजे शुरु हुनेछ । नाटक शिल्पी थिएटरको युट्युब च्यानल र फेसबुक पेजबाट लाइभ हेर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *