मिश्रको दस्तावेजलाई व्यक्तिगत रुपमा लिन पाण्डेको आग्रह

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेजलाई व्यक्तिगत रुपमा लिन आग्रह गरेका छन् । अध्यक्ष मिश्रले सोमबार (आज) ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नाम दिएर एक दस्तावेज सार्वजनिक गरेका थिए । संयोजक पाण्डेले अध्यक्ष मिश्रको उक्त दस्तावेजप्रति लक्षित गर्दै भनेका छन्— ‘पार्टीको घोषणापत्र, प्रस्तावित विधानअनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो । विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू नितान्त व्यक्तिगत हुन् ।’

के थियो मिश्रको दस्तावेजमा ?
रवीन्द्रको सुझाव- संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गरौं

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *