छायाङ्कनको क्रममा विराज घाइते

काठमाडौं। अभिनेता विराज भट्ट घाइते भएका छन् । चलचित्र छायाङ्कनको क्रममा उनको खुट्टामा चोट लागेको हो । भोजपुरी चलचित्र ‘आक्रोश’को एक्सन दृश्य छायाङ्कन गर्दा उनको बायाँ घुँडामा चोट लागेर रगत जमेको छ । चलचित्रको छायाङ्कन भारतको लखनउमा भइरहेको थियो ।

उनलाई चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएको विराज निकट स्रोतले जनाएको छ । विराज घाइते भएसँगै हाललाई चलचित्र छायाङ्कन रोकिएको छ ।

सन्दीप सिंहले निर्देशन गरिरहेको चलचित्रमा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगरलगायतको अभिनय रहनेछ । हालसम्म चलचित्रको ४० प्रतिशत छायाङ्कन सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *