मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्ताहरुलाई सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र १०० रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.२५ प्रतिशत को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै पहिलो वर्षको लागि निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङ सेवासमेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बैंकको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्डको प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

यो खाता अनलाइनमार्फत पनि यो लिंकबाट खोल्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *