भन्सारमा हंगामा, दुई ट्याक्टर नियन्त्रणपछि भन्सार प्रमुखविरुद्ध अख्तियारमा उजुरी

विराटनगर । भन्सार जाँचपासमा कम परिमाण देखाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्यो विषय पुगेको छ । विराटनगर भन्सार कार्यालयका कर्मचारी र एजेन्टको मिलेमतोमा भन्सार छली गर्ने गरेको आरोप लागेको छ । विराटनगर भन्सारबाट जाँच पास भएको सामानमा कम परिमाण र मूल्य पनि थोरै राखी भन्सार पास गर्ने गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीसहित अन्य दुई कर्मचारीका विरुद्ध अख्तियारमा उजुरी आयोग स्रोतको भनाइ छ ।

अख्तियारको उजुरीमा गत साउन ३ गते विराटनगर भन्सारबाट जाँच पास भएको सामानमा कम परिमाण र मूल्य पनि थोरै राखी भन्सार पास गरेको भन्दै अनुसन्धान गरी कारबाहीको माग गरिएको छ ।

साउन ३ गतेको मितिमा को २ त ६८११ र बीआर ५० जी ५०३५ नम्बरको ट्याक्टरबाट आयात भएको सामान राजस्व अनुसन्धान कार्यालयले कब्जामा लिई चेक जाँच गरेको र त्यसमा राजस्व छली गरेको पाइएको उजुरीमा उल्लेख छ । भन्सार छलीको विषयमा प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्, अर्थमन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, भन्सार विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी र १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई पनि उजुरीको बोधार्थ दिइएको छ ।

No description available.

यस्तो छ घटना
विराटनगर भन्सार कार्यालयका कर्मचारी, ऐजन्ट र एजेन्ट प्रतिनिधिको मिलोमतोमा १८ लाख रुपैयाँ राजस्व छली गरेको आरोप लागेको थियो । गत साउन ३ गते राति १० बजे राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सामान बोकेको ट्याक्टर नियन्त्रणमा लिएको थियो । ट्याक्टरलाई नियन्त्रणमा लिएको राजस्व अनुसन्धान कार्यालयले १८ लाख मूल्य बराबरको राजस्व छली गरेको पुष्टि गरेको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काको नेतृत्वको टोलीले को २ त ६८११ र बीआर ५० जी ५०३५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

अनुसन्धानबाट भन्सार एजेन्टका प्रतिनिधि अक्बर अलीले आयात गरेको दुई ट्याक्टर सामानमा १४ लाख मूल्य बराबर कम मूल्याङ्कन र २ लाख रुपैयाँ मूल्य बराबरको सामान भन्सार नै नतिरी ल्याएको पाइएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खड्काले बताए ।

भन्सारसम्बन्धी ऐनमा ५० लाखभन्दा बढी रकम बिगो भएको खण्डमा राजस्व अनुसन्धानले अदालतमा अभियोग दर्ता गर्ने गरेको छ । तर, भन्सार एजेन्ट प्रतिनिधि अक्बरको हकमा ५० लाखभन्दा कम भएकाले राजस्वले १८ लाख रुपैयाँ धरौटी खुलाएको छ । राजस्वले नियन्त्रणमा लिएको ट्याक्टरमा टिसर्ट, धागो, पर्स, मेसिनरी र हार्डवेयरका सामान थिए । उक्त सामग्रीको भीसीटीएस पनि नगरी पठाएको पाइएको थियो ।

No description available.

सरकारले मालवस्तुको ढुवानीमा राजस्व चुवाहट रोक्न भीसीटीएस (भेहिकल, कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम) कार्यान्वयनमा ल्याए पनि भन्सार कर्मचारीको मिलेमतोमा सवारी तथा मालवस्तुको बिनाप्रविष्टि नै भन्सार जाँचपास हुने गरेको पाइएको छ । भन्सार बिन्दुमा न्यून मूल्याङ्कनमा जाँचपास गरिएको कपडा, मिलमेसिनरी, पाइपसमेत रहेका दुईवटा गाडीकै विवरण भीसीटीएसमा नभेटिएपछि विराटनगर भन्सार कार्यालयको कार्यशैलीप्रति प्रश्न उब्जिएको थियो ।

यस्तो थियो दररेट
सामानमा प्रतिइकाई मूल्य अङ्कित स्टिकर स्पष्ट भए पनि भन्सार कार्यालयले १ सय रुपैयाँको मूल्यांकनमा मात्रै कपडा छोडेको अनुसन्धानमा फेला परेको थियो । भारतीय कम्पनीका कपडामा ३ सय ७९, ४ सय ५० र ५ सय ९९ रुपैयाँ मूल्य अङ्कित स्टिकर टाँसिए पनि एकसय रुपैयाँ मात्रै मूल्याङ्कन गरिएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ । ब्रान्डेड एमआरपी ५९९ र ४९९ भएको कपडा टीसर्टको न्यून बिजकीकरण १०० मात्र राखी जाँचपास गरिएको अख्तियारमा बुझाइएको उजुरीमा भनिएको छ ।

राजस्वले नियन्त्रणमा लिएको दुई ट्याक्टरमा रहेको कपडा र मेसिनरी उपकरणका सामग्री एजेन्ट प्रतिनिधि विराटनगरका अक्बर अलीको हो । अली भन्सार एजेन्ट भरतराज भट्टराईका प्रतिनिधि हुन् ।

No description available.

अलीले १८ लाख रूपैयाँ बराबरको राजस्व छलेको राजस्व अनुुसन्धान विभागले जनाएको छ । अलीसँग राजस्व अनुसन्धानले १० लाख धरौटी लिएको छ । उनलाई पनि विराटनगर भन्सारले कारबाही गर्ने भएको छ । अलीले भन्सार एजेन्ट भरतप्रसाद भट्टराईको लाइसेन्सबाट काम गर्दै आएका छन् ।

भन्सारमा छिर्न रोक
अर्काको लाईसेन्समा भन्सार जाँच पासको काम गर्ने एक व्यक्तिलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । विराटनगर भन्सार कार्यालयले गैर एजेन्ट राजकुमार रौनियारलाई विराटनगर भन्सारले एकीकृत जाँच चौकी छिर्न नदिने भनेको हो । सूचना अन्यत्र दिन थालेपछि विराटनगर भन्सारले उनलाई कारबाही गरेको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले मकालुखबरलाई जानकारी दिए । अनावश्यक मान्छेलाई छिर्न नदिने भन्ने कुरा थियो‚ त्यहीअनुसार अनुसन्धानको क्रममा भन्सारको काममा आन्तरिक कुरा बाहिर लगेको थाहा पाएपछि एजेन्टका प्रतिनिधि राजकुमार रौनियारलाई प्रवेश नदिने भनिएको यादवले बताए ।

No description available.

रौनियारले कृष्ण थापाको नामको लाइलेन्स प्रयोग गरी उनको प्रतिनिधि भएर काम गर्दै आइरहेका छन् । उनलाई यसअघि पनि कारबाही गरिएको थियो । उनले अवैध रूपमा कपडा भित्र्याउँदा उनले प्रयोग गरेको भ्यानबाट कपडा बरामद भएको थियो । त्यसमा उनलाई ५४ लाख धरौटी राख्न लगाइएको थियो ।

अर्का गैरएजेन्ट अकबर अली पनि अर्कैको लाइसेन्स प्रयोग गरेर विराटनगर भन्सारमा काम गर्दै आइरहेका छन् । हालैमात्र अलीका दुई ट्याक्टर सामान इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले कब्जामा लिएको थियो । रौनियार र अलि दुवै भन्सारमा बदनाम छन् र एक अर्काको पोल खोलाखोल गर्दै आइरहेका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *