नेप्सेमा ८ अकंकाे करेक्सन, १४ अर्बमाथिको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक (नेप्से)मा ८.२४ अंककाे करेक्सन देखिएकाे छ । साताकाे पहिलाे दिन आइतबार ५४ अंकले बढेकाे परिसूचक साेमबार भने घटेकाे हाे ।

यस दिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.२७ प्रतिशतले घटेर ३,०५०. ४२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.९३ अंकले घटेर ५७१.१० बिन्दुमा पुगेको छ ।

सय दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ५ वटा उपसमूहहरू घटेका छन् ।

त्यस्तै, २ सय २३ कम्पनीका ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

त्यस्तै, यस दिन ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र बिशाल बजार लिमिटेड कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *