राजु गिरीको ‘आमा सबैको’ प्रसारण सुरु

काठमाडौं । राजु गिरीको निर्देशनमा ‘आमा सबैको’  सिरियल प्रसारण सुरु भएको छ । यसअघि ७ सिरियल निर्देशन गरिसकेका गिरीको यो पारिवारिक सिरियल हो । आमाका थुप्रै रूप सिरियलमा देख्न सकिने निर्देशक गिरीले बताएका छन् ।

सविन बास्तोला, सङ्गम भण्डारी, शुभेच्छा थापा, राजु गिरी, सरोज दाहाल, सुदन धिताल, रचना पौडेल, सुपा खनाल लगायत कलाकारले सिरियलमा अभिनय गरेका छन् ।

रामकृष्ण चौलागाइको छायाङ्कन रहेको सिरियल सुस्मिता धितालले निर्माण गरेकी हुन् । सिरियलका मुख्य सहायक निर्देशन सरोज दाहाल हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *