छोराको कुटपिटबाट वृद्ध बुबाको मृत्यु

ईलाम । ईलाममा आफ्नै छोराले बाबुको कुटपिट गरी हत्या गरेका छन् । इलामको देउमाई नगरपालिका- २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत साउन ७ गते उनका छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी बिबादका कारण बुबा टेकबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए ।

गम्भीर घाइते भएका बिर्तासिटी अस्पताल विर्तामोडमा उपचार हुन नसकेपछि घर फर्काइएकोमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

वृद्ध बाबुलाई कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘मादक पदार्थ सेवन गरेर सम्पत्तिको विषयलाई लिएर बाबुलाई कुटपिट गरेका गिर्जमानलाई केही केही दिनअघि नै नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाइएको थियो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘बाबुको मृत्यु भएपछि कर्तव्य ज्यानमा मुद्दा परिवर्तन हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =