मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गतको १२ हजार ५ सय ८७ कित्ता शेयर बिक्री हुने भएको छ ।

कम्पनीले साउन १४ गतेदेखि भदौ ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेगरी उक्त शेयरको लिलामी बिक्री खुला गरेको हो ।

उक्त लिलामी शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ । यसअनुसार लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

यस्तै उक्त शेयर खरीद गर्न चाहने लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयरको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले क्यापिटलको कार्यालय लाजिम्पाटबाट बोलपत्र भर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *