चेम्बरले भेट्यो कानुन मन्त्री कार्कीलाई

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारी तथा सदस्यले आइतबार कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्र्कीसँग भेटवार्ता गरेका छन् । अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनर्स्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गरे ।

कोरोना महामारीका कारण निजी क्षेत्रले ठूलो समस्या भोग्नु परेको बताउँदै उनले निजी क्षेत्रको आत्मवल वृद्धि भए मात्र आर्थिक क्रियाकलाप चलायमान हुने भएकोले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बर, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरे ।

त्यस्तै, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु शिघ्र पारित गरिनु पर्ने,.खुला बजारको सन्दर्भमा कालो वजार ऐनको सान्दर्भिकताको नरहेकोले सो ऐन खारेज हुनु पर्ने, नगद ओसार पोसार सम्वन्धी कानूनी व्यवस्था नभएकोले निजी क्षेत्रलाई यदाकदा समस्या आइ पर्ने भएकोले सोको कानूनी व्यवस्था गरिनु पर्ने तथा प्रविधिको दुरूपयोग नियन्त्रणका लागि आवश्यक कानून तर्जुमा गरिनु पर्ने र घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्स सम्वन्धी कानूनी व्यवस्था हुनु पर्ने तथा लगानीको लागि स्रोतको वैधतालाई खुकुलो बनाउनु पर्ने लगायत आर्थिक क्षेत्रसंग सम्वन्धित कानून तर्जुमा गर्दा नेपाल चेम्वर अफ कमर्सलाइ पनि संलग्न गर्न आग्रह गरे ।

कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री कार्कीले मुलुकको अर्थतन्त्रलाई उकास्न निजी क्षेत्रको अहम भूमिका रहने बताउँदै चेम्बरबाट प्रस्तुत सुझावलाइ गम्भिरतापूर्वक लिएको बताए ।

उक्त अवसरमा अध्यक्ष मल्लले गणतन्त्र नेपालको कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री पदमा नियुक्त भएकोमा चेम्वरको तर्फबाट बधाई तथा शुभकामनासमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *