काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि भएको निषेधाज्ञा पुनः १० दिन थप गरिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरूको बैठकले पुनः १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोभिड संक्रमणको दोस्रो लहरसँगै गरिएको निषेधाज्ञा आज (आइतबार) राति १२ बजेसम्म कायम थियो ।

निषेधाज्ञामा कुनै मापदण्डहरू परिवर्तन नगरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *